महत्त्वपूर्ण सूचनाहरु :
रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था (RWUSC)


धाराहरु जडान

देखी शुद्ध खानेपानी सेवामा

उपभोक्ताहरु
पदाधिकारीहरु तथा कार्यसमिति
उपभोक्ताहरुका लागि जानकारीमुलक सामाग्रीहरु
उपभोक्ताहरुलाई जानकारी
१. पानी महशुल र अन्य महशुलहरु आईतबारदेखि शुक्रबारसम्म विदाको दिन बाहेक बुझाउन सकिनेछ । साथै E-Sewa, IME PAY र खल्ती एप बाट २४ सैं घण्टा बुझाउन सकिनेछ ।
२. महशुल आइतबारदेखि बिहिबारसम्म कार्यालय समय ९:३० बजेदेखि दिउँसो ३ बजे र शुक्रबार ९:३० बजेदेखि दिउँसो १:०० बजेसम्म मात्र बुझाउन सकिनेछ ।
३. मिटर रिडिङ्ग भएको मितिले ७ दिनभित्र महशुल बुझाएमा ३ प्रतिशतछुट दिइने छ तर अघिल्लो महिनाको महशुल नबुझाई जरिवाना लागेमा छुट पाइने छैन।
४. सो पछि रिडिङ्ग भएको महिनाभर बिल अनुसारको महशुल लाग्ने छ ।
५. रिडिङ्ग भएको दोस्रो महिनासम्म महशुल रकम नबुझाएमा ५% थप शुल्क लाग्ने छ ।
८. उपभोक्ताले लगातार ३ महिनासम्म र रु १,२००।- सम्म महशुल नबुझाएमा कुनै पनि बेला बिना सूचना धाराको लाईन काटिनेछ । पुनः जडानको लागि जडान शुल्क १,२००।- लाग्ने छ ।
९. संस्थाको अनुमती बिना पाईप लाईनहरुमा होल गरेमा संस्थाको नियमानुसार जरिवाना लाग्ने छ।
१०. उपभोक्ताले आफ्नो मिटर सुरक्षाको लागि मिटर चेम्बर अनिवार्य बनाउनु पर्नेछ र मिटर विगार्ने चेष्टा गरेको पाइएमा धाराको कनेक्सन काटी नियम, कानून बमोजिमको कार्वाही गरिने छ ।
११. घर खरिद गर्दा पानी महशुल चुक्ता भए नभएको हेर्नु होला अन्यथा खरिदकर्ताले नै बाँकी महशुल बुझाउनु पर्नेछ ।
१२. कुकुर पाल्नुहुने उपभोक्ताहरुले मिटर रिडिङ्ग हुने दिनमा कुकुर बाँधी दिनुहोला ।
१३. महशुल सम्बन्धी अन्य कुरा बुझ्नु परेमा लेखा शाखामा सम्पर्क राख्नुहोला ।
१४. पानी कुनै किसिमले दुरुपयोग गरेको थाहा पाई संस्थालाई जानकारी गराएमा उचित पुरस्कार दिईने छ ।
१५. पानी वितरण सम्बन्धी कुनै समस्या एवं पानी दुरुपयोग तथा लिकेज भएमा तुरुन्त कार्यालयमा खबर गर्नुहोला ।
धारा जडान गर्न आवश्यक कागजातहरुः
१. सम्बन्धित जग्गाधनिको नागरिकताको प्रतिलिपी – १ थान
२. जग्गाधनी प्रमाण पुर्जाको फोटोकपी – १ थान
३. सम्पत्तिकर तिरेको रसिदको फोटोकपी – १ थान
४. नगरपालिका वडा कार्यालयको सिफारिस – १ थान
५. पासपोर्ट साइजको फोटो – १ थान
६. खानेपानी वडा संयोजकको सिफारिस – १ थान
७. नक्सा पासको प्रतिलिपी – १ थान
८. भुमिहिनको हकमा खानेपानी वडा संयोजक र नगरपालिका वडा कार्यालयबाट
तिन पुस्ता खुल्नेगरी भुमिहिन भएको प्रमाण सिफारिस ।









