"स्वस्थ पानी पिऔ, स्वस्थ जीवन जिऔ"

रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था

रत्ननगर नगरपालिका, चितवन, नेपाल

ठेगाना

रत्ननगर नगरपालिका, चितवन, नेपाल 

उपभोक्ताहरुलाई जानकारी

१. पानी महशुल र अन्य महशुलहरु आईतबारदेखि शुक्रबारसम्म विदाको दिन बाहेक बुझाउन सकिनेछ । साथै E-Sewa, IME PAY र खल्ती एप बाट २४ सैं घण्टा बुझाउन सकिनेछ ।

२. महशुल आइतबारदेखि बिहिबारसम्म कार्यालय समय ९:३० बजेदेखि दिउँसो ३ बजे र शुक्रबार ९:३० बजेदेखि दिउँसो १:०० बजेसम्म मात्र बुझाउन सकिनेछ ।

३. मिटर रिडिङ्ग भएको मितिले ७ दिनभित्र महशुल बुझाएमा ३ प्रतिशतछुट दिइने छ तर अघिल्लो महिनाको महशुल नबुझाई जरिवाना लागेमा छुट पाइने छैन।

४. सो पछि रिडिङ्ग भएको महिनाभर बिल अनुसारको महशुल लाग्ने छ ।

५. रिडिङ्ग भएको दोस्रो महिनासम्म महशुल रकम नबुझाएमा ५% थप शुल्क लाग्ने छ ।


८. उपभोक्ताले लगातार ३ महिनासम्म र रु १,२००।- सम्म महशुल नबुझाएमा कुनै पनि बेला बिना सूचना धाराको लाईन काटिनेछ । पुनः जडानको लागि जडान शुल्क १,२००।- लाग्ने छ ।

९. संस्थाको अनुमती बिना पाईप लाईनहरुमा होल गरेमा संस्थाको नियमानुसार जरिवाना लाग्ने छ।

१०. उपभोक्ताले आफ्नो मिटर सुरक्षाको लागि मिटर चेम्बर अनिवार्य बनाउनु पर्नेछ र मिटर विगार्ने चेष्टा गरेको पाइएमा धाराको कनेक्सन काटी नियम, कानून बमोजिमको कार्वाही गरिने छ ।

११. घर खरिद गर्दा पानी महशुल चुक्ता भए नभएको हेर्नु होला अन्यथा खरिदकर्ताले नै बाँकी महशुल बुझाउनु पर्नेछ ।

१२. कुकुर पाल्नुहुने उपभोक्ताहरुले मिटर रिडिङ्ग हुने दिनमा कुकुर बाँधी दिनुहोला ।

१३. महशुल सम्बन्धी अन्य कुरा बुझ्नु परेमा लेखा शाखामा सम्पर्क राख्नुहोला ।

१४. पानी कुनै किसिमले दुरुपयोग गरेको थाहा पाई संस्थालाई जानकारी गराएमा उचित पुरस्कार दिईने छ ।

१५. पानी वितरण सम्बन्धी कुनै समस्या एवं पानी दुरुपयोग तथा लिकेज भएमा तुरुन्त कार्यालयमा खबर गर्नुहोला ।

Related posts