"स्वस्थ पानी पिऔ, स्वस्थ जीवन जिऔ"

रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था

रत्ननगर नगरपालिका, चितवन, नेपाल

ठेगाना

रत्ननगर नगरपालिका, चितवन, नेपाल 

रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था (RWUSC) परिचय:

नेपालको मध्य भुभाग, उर्वर भुमि, पूर्व पश्चिम राजमार्ग अन्र्तगत पर्ने चितवन जिल्लाको रत्ननगर नगरपालिकामा रहेको यस रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था (RWUSC) को गठन वि. सं २०५८ सालमा भएको हो ।

रत्ननगर नगरपालिकाको अधिकांश वडा लगायत सिमाना जोडिएका नगरपालिकाका वडा क्षेत्रहरुमा शुद्ध, सफा र स्वच्छ खानेपानीको टडकारो आवश्यकतालाई परिपुर्ति गर्ने पवित्र उद्देश्यले तत्कालीन स्थानिय निकाय नगरपालिकाको पहल, यस क्षेत्रका जागरुक उपभोक्ताहरु एवं उपभोक्ता समितिको अथक परिश्रमको फलस्वरुप नेपाल सरकार खानेपानी तथा ढलनिकास विभाग, आयोजना व्यवस्थापन कार्यलय, एसियाली विकास बैँक एवं उपभोक्ता संस्थाको सह लगानीमा यस योजनाको सुरुवात भएको हो ।

 नेपाल सरकारको साना शहरी खानेपानी आयोजनाको प्रावधान अनुसार उपभोक्ता संस्थाको २० % ( ५ % नगद र १५ % जनश्रम) नगर विकास कोषमार्फत ३० % ऋण लगानी र वाँकी ५० % रकम एसियाली विकास बैँकको ऋण सहयोगमा नेपाल सरकारले व्यहोर्ने गरी निर्माण भएको यस आयोजनामा उपभोक्ता संस्थाको ५० % लगानी रहेको छ । वि. सं. २०५९ सालबाट निर्माण कार्य शुरु भई वि.सं. २०६४ पौष महिनाबाट पानी वितरण कार्य लगातार सञ्चालन भई रहेको छ साथै यसको निर्माण कार्य लामा.सन्तोषि. तुन्डी जे.भी बाट सम्पन्न भएको हो ।

Related posts