रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चितवन जिल्ला रत्ननगर नगरपालिकाको अग्रसरता तथा स्थानीय उपभोक्ताहरूको सक्रियतामा सन् २००१ (वि.सं. २०५८) मा स्थापना भएको हो । यो संस्था नेपालकै ठूला खानेपानी संस्था मध्ये एक हो ।
यस संस्थाले सन् २००७ (वि.सं. २०६४) देखि रत्ननगर नगरपालिकाका १६ वडा मध्य हाल वडा नं. १ देखि १३ सम्म २४ सै घण्टा गुणस्तरीय खानेपानी वितरण गर्दै आएको छ । पानी वितरणका लागि संस्थाले नेपाल सरकारद्वारा तोकिएको “खानेपानी गुणस्तर मापदण्ड २०७९“ को पूर्ण पालना गरेको छ । संस्थाले ४ वटा ओभरहेड ट्याङ्की (प्रत्येकको क्षमता ४५०,००० लिटर), १ वटा ग्राउण्ड लेभल ट्याङ्की (५ लाख लिटर क्षमता), र १० वटा डिप बोरिङहरूमार्फत सरदर २५ लिटर प्रति सेकेन्डका दरले पानी उत्पादन गर्र्दै आएको छ । उत्पादित पानीलाई ५०० कि.मी.भन्दा लामो पाइपलाइन मार्फत उपभोक्ताको घरघरमा आपूर्ति गरिन्छ । छिमेकी जिल्लाबाट बसाइँसराइको क्रमले यहाँ जनघनत्व दिनानुदिन बढिरहेको छ । संस्थाको कार्यक्षेत्रमा करिब १८,००० घरधुरी रहेकोमा तत्काल थप ३,५०० घरधुरीलाई खानेपानी आपूर्ति गर्नुपर्ने जिम्मेवारी छ । यस आवश्यकतालाई ध्यानमा राख्दै, संस्थाले थप आयोजनाहरू निर्माण गर्न योजना अगाडि बढाइएको छ, जसले आगामी झण्डै साढे दुई दशक सम्मका लागि यस क्षेत्रमा खानेपानी आपूर्ति सहज हुने अपेक्षा गरिन्छ ।
यस भेगमा पानी उत्पादन गर्न भूमिगत स्रोत (डिप बोरिङ) बाहेक अन्य विकल्प हालको लागि सम्भव नदेखिएको हुनाले जमिन मुनीबाट तान्दै गर्दा पानीको पुर्नभरण गर्नुपनि संस्थाको दायित्व हो । तसर्थ १) पानीपुर्नभरण २) पानीको स्रोत तथा वातावरण संरक्षण ३) पानीको गुणस्तर र सरसफाई ४) जलवायु परिवर्तनले स्रोतमा पार्न सक्ने असरको न्यूनीकरणको क्षेत्रमा गुणात्मक एवं सार्थक कामगर्न चाहन्छौँ । उल्लेखित क्षेत्रमा हामीसंग काम गर्न चाहने अनुभवी एवं ईच्छुक व्यक्ति वा संस्थालाई हाम्रो संस्थासंग सहकार्य गर्न सार्वजनिक आव्हान गर्दछौँ । सहकार्य गर्न इच्छुक तपाईले प्राविधिक, भौतिक एवं आर्थिक रुपमा सहयोग गर्न सक्नुहुनेछ । माथि उल्लेखित चारवटै क्षेत्रमा एकमुष्ठ वा छुट्टाछुट्टै रुपमा पनि सहकार्य गर्न सकिनेछ । प्रकृतिसंग सम्वन्धित उल्लेखित विषयहरुमा तपाईसँगको सहकार्य यहाँका स्थानीयका लागि कोशेढुङ्गा सावित हुनेछ र सबैका लागि अनुकरणीय बन्नेछ । तपाईँको सहयोग रत्ननगरका लागि मात्र नभई अन्य क्षेत्रका लागि पनि उदाहरणीय हुनेछ भन्ने विश्वास लिएका छौं ।
सम्पर्क ठेगाना ः रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था
रत्ननगर, चितवन
प्रस्ताव आइपुग्नुपर्ने मिति ः २०८१ माघ ७ गते – January 20, 2025
इमेल ः ratnanagarkhanepani@gmail.com
माधव प्रसाद अर्याल
अध्यक्ष
रत्ननगर खानेपानीतथा सरसफाई उपभोक्ता संस्था
रत्ननगर, चितवन
फोन ः ०५६–५६१५२७
