हाम्रो बारेमा
रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था (RWUSC)
नेपालको मध्य भुभाग, उर्वर भुमि, पूर्व पश्चिम राजमार्ग अन्र्तगत पर्ने चितवन जिल्लाको रत्ननगर नगरपालिकामा रहेको यस रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था (RWUSC) को गठन वि. सं २०५८ सालमा भएको हो ।
रत्ननगर नगरपालिकाको अधिकांश वडा लगायत सिमाना जोडिएका नगरपालिकाका वडा क्षेत्रहरुमा शुद्ध, सफा र स्वच्छ खानेपानीको टडकारो आवश्यकतालाई परिपुर्ति गर्ने पवित्र उद्देश्यले तत्कालीन स्थानिय निकाय नगरपालिकाको पहल, यस क्षेत्रका जागरुक उपभोक्ताहरु एवं उपभोक्ता समितिको अथक परिश्रमको फलस्वरुप नेपाल सरकार खानेपानी तथा ढलनिकास विभाग, आयोजना व्यवस्थापन कार्यलय, एसियाली विकास बैँक एवं उपभोक्ता संस्थाको सह लगानीमा यस योजनाको सुरुवात भएको हो । नेपाल सरकारको साना शहरी खानेपानी आयोजनाको प्रावधान अनुसार उपभोक्ता संस्थाको २० % ( ५ % नगद र १५ % जनश्रम) नगर विकास कोषमार्फत ३० % ऋण लगानी र वाँकी ५० % रकम एसियाली विकास बैँकको ऋण सहयोगमा नेपाल सरकारले व्यहोर्ने गरी निर्माण भएको यस आयोजनामा उपभोक्ता संस्थाको ५० % लगानी रहेको छ । वि. सं. २०५९ सालबाट निर्माण कार्य शुरु भई वि.सं. २०६४ पौष महिनाबाट पानी वितरण कार्य लगातार सञ्चालन भई रहेको छ साथै यसको निर्माण कार्य लामा.सन्तोषि. तुन्डी जे.भी बाट सम्पन्न भएको हो ।
यस रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अन्र्तगत नगरपालिकाका साबिक वडाहरु ( १ देखि १३ ) लगायत छिमेकी र.न.पा. १४ को केही भाग र कालिका नगरपालिकाका केही वडाहरुको केही भुभागहरुमा यस संस्थाले पानी वितरण कार्य गर्दै आएको छ । योजनाको सुरुवातमा जम्मा २७६३ घरधुरीहरुमा पानी वितरण भएको थियो भने हाल २०८० माघ मसान्तसम्म १३५३८ घरधुरीहरुमा धारा जडान भई पानी वितरण कार्य भइरहेको छ ।

हाम्रो दृष्टि (Vision), सोच (Mission) र लक्ष्य (Objectives)
दृष्टि ( Vision )
संस्थाको सेवाक्षेत्र भित्रका सम्पूर्ण नवरबासीहरुलाई उच्च गुणस्तरको पानी उचित मुल्यमा निरन्तर उपलब्ध गराउने संस्थाका संरचनाहरुलाई दिर्घकालिन रुपमा उपयोग ल्याउन सकिने गरी संरचनालाई सुरक्षित बनाई संस्थालाई अव्वल बनाउने ।

सोच (Mission)
संस्थाको सेवा क्षेत्रभित्रमा एक घर एक धारा को व्यवस्था गरी, गुणस्तरीय पानी चौबिसै घण्टा उपलब्ध गराउने तथा सरसफाई युक्त वातावरणमैत्री जनचेतना जगाउने ।

लक्ष्य (Objectives)
१. उपभोक्तालाई उच्चस्तरको (Excellence) सेवा प्रदान गर्ने
२. संस्थाको दिगोपनको सुनिश्चितता गर्ने ।
३. संस्थालाई आर्थिक रुपमा सक्षम बनाउने ।
४. जनचाहना अनुसारको सेवा प्रदान गर्ने ।
५. दक्ष तथा प्रयाप्त कर्मचारीको व्यवस्था गर्ने ।
६. खानेपानीको क्षेत्रमा उपलब्ध आधुनिक प्रविधिलाई अवलम्बन गर्दै जाने ।

