नाम ः रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था
क्षेत्र ः रत्ननगर नगरपालिका वडा नं १ देखि १३ साथै छिमेकी र.न.पा १४ , १५ र कालिका.न.पा का केही भागहरु
पानीको स्रोत : उत्पादन र वितरणको अवस्था
यस संस्थामा पानी उत्पादनका लागि ९ वटा डिप बोरिङ ३० लिटर (प्रतिबोरिङ) प्रतिसेकेण्ड क्षमताको डिजाइन भएतापनि हाल छ वटाले औषत २५ लिटर प्रतिसेकेण्ड उत्पादन गरेका छन । हालको खपतअनुसार छ वटा बोरिङ औसत ११ घण्टा (४ घण्टादेखि १६ घण्टासम्म ) संचालन गरी मासिक २,४८,४०० क्वीबिक मिटर पानी उत्पादन र वितरण गरेको छ । औसत मासिक विक्रि १,९७,४६३ क्वीबिक मिटर विलिङ हुने गरेको छ । यस आधारमा २०.५१ प्रतिशत पानी चुहावट तथा खेर गएको (ल्च्ध्) रहेको छ । संचालनका रहेका छ वटै डिप बोरिङलाइ पुर्ण क्षमतामा संचालन गर्दा करिव १४,५०० धारा जडान गर्न सकीने ( औसत प्रति घर परिवार सदस्य संख्या ४.७२ र ल्च्ध् हालको २०.२७ लाइ १२ प्रतिशतमा झार्दा ) क्षमता छ । हालको बार्षिक धाराको माग र जडान प्रवृति हेर्दा बार्षिक औसत १,००० धाराको माग हुने गरेअनुसार आगामी केहि बर्षदेखि २४ सै घण्टा पानी पु¥याउन थप पुर्वाधारको व्यवस्था गर्न आवश्यक हुन्छ ।
| मासिक उत्पादन/ वितर०ा | २६४,६०० | क्यु. मी. |
| मासिक औसत विलिङ | २१३५११.७६ | क्यु. मी. |
| चुहावट तथा खेर गएको पानी | ५१,०८८ | क्यु. मी. |
| १९.३१ | % |
