यस रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अन्र्तगत रहेका क्षेत्रहरुमा विभिन्न जातजाती, भाषाभाषी एवं विभिन्न संस्कृतिका समुदायहरुको बसोवास रहेको छ । रत्ननगर नगरपालिकाकोे कुल जनसंख्या १००,९७८ मध्ये १३ वटा वडामा पुर्ण रुपमा गरी ८०,८०१ (८०.८२ प्रतिशत ) मा आफ्नो सेवाक्षेत्र समावेश गरेको छ । आफ्नो सेवाक्षेत्र भित्रका कुल १७,९४७ घरधुरीमध्ये १३,०४८ ं(७३ प्रतिशत) घरधुरीमा खानेपानीको सेवा पु¥याइएको छ । यस क्षेत्रमा सहरीकरण तथा आन्तरिक तिव्र बसाइसराइका कारण निकट भविष्यमा घरधुरी संख्या अत्याधिक वढने अवस्था रहेको छ । उद्योग, व्यापार, जागिर तथा कृषि पेसाहरु कुखुरा पालन, गाईभैँसी एवं बाख्रा पालन, केरा खेती मौरीपालन,मेवा खेती, माछापालन आदि यस क्षेत्रका मानिसहरुको मुख्य पेशाको रुपमा रहेका छन । यस संस्थाको पूर्वमा छिमेकी खैरहनी नगरपालिका तथा पश्चिममा भरतपुर महानगरपालिका जोडने टिकौली वरण्डाभार जंगल क्षेत्र रहेका छन भने उत्तरतर्फ कालिका नगरपालिका र दक्षिणमा विश्वमा दुर्लभ मानिने एक सिङ्गे गैडा र पाटे बाघ पाईने साथै नेपालको तेस्रो स्थानमा परिचित पर्यटकिय क्षेत्र सौराहा पनि यसै नगरपालिकामा पर्दछ ।
भौगोलिक बनावट अनुसार यस संस्थाको सम्पुर्ण भुभागहरु समथर तराई भुमि रहेको भएतापनि उत्तर पूर्वका क्षेत्रहरु दक्षिण तर्फको क्षेत्रहरुको तुलनामा केही उचाइमा अवस्थित रहेका छन । यसैगरी नेपालको पूर्वपश्चिम जोडने महेन्द्र राजमार्ग यस क्षेत्रको मध्य भाग भएर रहेको छ ।
व्यवस्थापकिय एवं भौतिक संरचना
रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अन्र्तगत ९ सदस्य रहेको मुल कार्य समिति रहेको छ भने विभिन्न १२ वटा वडाहरुमा वडा समितीको गठन गरिएको छ । त्यसैगरी ३ सदस्य रहेको लेखा समिति चयन गरिएको छ । विभिन्न कार्यहरु सम्पादन, मुल्याङकन, लेखाजोखा एवं रेखदेख गर्नका लागि विभिन्न उपसमितिहरु गठन गरिएको छ । यसैगरी संस्थाको दैनिक कार्य सम्पादन गर्नका लागि व्यवस्थापक समेत गरी हाल २७ जना कर्मचारीहरु कार्यरत रहेका छन ।
संस्थामा आइपर्ने कामकाजलाई चुस्त, दुरुस्त गरी सुचारु गर्न, लेखा व्यवस्थापन समुचित ढंगवाट सञ्चालन गर्नका लागि विलिङ तथा लेखा राख्ने कम्प्युटर सफ्टवेयर प्रणाली सञ्चालन गरिएको छ । यस योजनाको खानेपानीको मुख्य स्रोत भुमिगत जलस्रोतलाई वोरिङ गरी लिफ्ट प्रणालीवाट ओभरहेड टँयाकीमा संकलन गरी पाइपलाइनको माध्यमबाट वितरण गरिन्छ । जसका लागि यसै योजना अन्र्तगत ४ वटा ओभरहेड टँयाकी रत्न्नगर २ सुव्वाचोक,तथा रत्ननगर १२ घेघौली तथा जिरौना वागदेवी र रत्ननगर ८ मैनाहामा क्रमशः कार्यलय भवन, चौकीदार भवन एवं कम्पाउण्ड वाल सहित अवस्थित रहेका छन । विद्युतिय लोडसेडिङबाट आइपर्ने समस्याको समाधान गरी व्यवस्थित एवं सुचारुरुपले खानेपानी वितरण गर्नका लागि तिनवटै स्थानमा जेनेरेटरको बैकल्पिक व्यवस्था गरिएको छ ।
